कपिलबस्तुमा कर्फ्यू : हिन्दू र मुस्लिम बीच झडप,एकको मृत्यु

आदर्श अनलाइन
लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने विषयमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यू लगाइएको छ ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार स्थिति नियन्त्रणबाहिर जाने अवस्था देखिएपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यूको आदेश जारी गरेको हो ।

कर्फ्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागी स्थानीय कृष्णनगर नगरपालिका-२ सुरजकुमार पाण्डेको मृत्यु भएको छ।

बुधबार साँझ कृष्णनगर नगरपालिकाका वडा नम्बर १,२ र ३ का १३ वटा लक्ष्मीका मूर्ति विसर्जन गर्ने कार्यक्रम थियो । प्रहरीका अनुसार साँझ साढे ६ बजे कृष्णनगर नगरपालिका–२ झण्डेनगरमा मूर्ति भएको गाडी स्थानीय मुस्लिम समुदायका व्याक्तिहरुले रोक्न खोजेका थिए । त्यही विषयमा विवाद हुँदा दुवै पक्षबीच ढुङ्गा हानाहान समेत भएको थियो । प्रहरीका अनुसार बुधबार साँझ नै स्थिति नियन्त्रणमा लिनका लागि २० सेल आश्रुग्यास प्रहार गरिएको थियो ।

मूर्तिलाई सुरक्षित राखिएको छ । मूर्ति कृष्णनगर–१ मा रहेको बढया पोखरीमा विसर्जन गर्ने कार्यक्रम थियो । विहीबार बिहान पनि अवस्था असामान्य बन्ने सम्भावना बढेपछि स्थानीय प्रशासनले कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा आज बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका कर्फ्यू जारी गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *