विभत्स अवस्थामा तीन शब भेटिए

आदर्श अनलाईन, गुल्मी ।
बागलुङको सिमनामा पर्ने गुल्मीको चन्द्रकोट गाँउपालिका वडा नम्वर ३ को हर्राचौर चौरालीपोखरा नजिक ३ ओटा शब फोला परेको छ ।

एक महिला, एक बालक र एक बालिकाको शव शनिबार विहान भेटिएको हो । चौरालि पोखरा नजिक सडकबाट ४ मिटर तल अन्दाजि ३२ बर्ष कि महिला, महिलाको शब फेला परेको करिब १२–१४ मिटरको दुरीमा अन्दाजी १३–१४ बर्षीया बालिका र सो बालिकाको शब फेला परेको १०–१२ मिटरको दुरीमा अन्दाजी ७ बर्षको बालकको शब फेला परेको चन्द्रकोट गाँउपालिकाल वडा नम्बर ३ का वडा अध्यक्ष किरण शाहले जनकारि दिनुभयो ।

शाहले घटना स्थलको प्रकृति हेर्दा निर्घात कुटपिट गरि हत्या गरिएको हुनसक्ने बताउँनुभयो । घटनास्थलमा २ ओटा हतौडा समेत भेटिएको छ । स्थानियको खबर पछि शनिबार बिहान साढे ७ बजे प्रहरी सहित घटना स्थलमा पुगेर अनुसन्धान सुरु गरेको बताईएको छ । शबको प्रकृति हेर्दा केहि दिन अगाडी नै हत्या गरिएको हुनसक्ने बताईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *