जीवन शर्माको छोराको उपचारको लागि कतारबाट एक लाख सहयोग

आदर्श अनलाईन, कतार ।
जनगायक जीवन शर्माका छोरा अमृत आचार्यको उपचारको लागि वैदेशिक रोजगारीको लागि कतारमा रहेका नेपालीहरु आवद्ध संघ संस्थाले आर्थिक सहयोग गरेका छन् ।

पर्वत समाज कतार, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कतार शाखा र विभिन्न संस्थामा आवद्ध नेपालीहरुबाट स्वतस्र्फूत रुपमा संकलन भएको नेपाली १ लाख पन्ध्र हजार पाँच सय पाँच रुपैया शनिबार शर्माको खातामा पठाईएको छ ।

जनगायक शर्माका छोराको उपचारको लागि आर्थिक अभियानका संयोजक रघुनाथ शर्माले पर्वत समाज कतारबाट कतारी रियल १ हजार ५ सय पच्चीस, विभिन्न संस्थामा आवद्ध नेपालीबाट कतारी रियल १ हजार ४ सय ८१, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान कतार शाखाबाट संकलित ७ सय ३९ कतारी रियलमा बैंक चार्ज कटाएर कतारी रियल ३ हजार ७ सय २७ रुपैया शर्माको खातामा पठाइएको बताउँनुभयो । संयोजक शर्माले छोटो समयमा गरिएको सानो आव्हानमा पनि स्वेच्छिक सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सादा जीवन जिउने र जिवनभर परिवर्तनका खातिर जनताका गित गाउदै आएका गायक शर्मालाई परेको समस्यामा थोरै भए पनि सहयोग होस भन्ने अपेक्षाले आफूहरुले सहयोग गरेको गैरआवासीय नेपाली संघ कतारका प्रवक्ता समेत रहेका पत्रकार सन्तोष क्षत्रीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *