राष्ट्रपतिद्वारा सातै प्रदेश प्रमुख पदमुक्त

आदर्श अनलाईन, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सात वटै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेकोमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गराउँनुभएको हो ।

प्रदेश १ का प्रा। डा। गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त हुनुभएको छ ।

२०७४ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले प्रदेश प्रमुखहरु नियुक्त गरेकोमा चुनावलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज २० मा चुनावी आचार संहिता जारी भइसकेपछि देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय समेत गरेको थियो । मन्त्रिपरिषदको निर्णय सर्वोच्च अदालतले अमान्य भएको भन्दैं उल्ट्याइदिएपछि रोकिएका थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *