नेकपाले सिफारिस गर्यो सात प्रदेश प्रमुख

आदर्श अनलाईन, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सात प्रदेशका प्रमुखहरुको नाम सिफारिस गरेको छ ।

नेकपाको सोमबार बसेको सचिवालय वैठकले ७ प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । नेकपाले अमिक शेरचन, सोमनाथ प्यासी, तिलक परियार, विष्णु प्रसाई, धर्मनाथ यादव, शर्मिला त्रिपाठी र गोविन्द कलौनीलाई सिफारिस गरेको हो । उनीहरुका लागि प्रदेश भने सरकारले नै तोक्ने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नु भएको थियो । रिक्त भएका प्रदेश प्रमुखहरुका लागि सरकारले सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *