प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष

आदर्श अनलाईन, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अधिकार सहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ ।

बुधबार बसेको नेकपा सचिवालयको बैठकले पाँच वर्षको लागि अर्का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री र प्रचण्डलाई कार्यकारी अध्यक्ष रहने गरी जिम्मेवारी बाँडफाड गरेको हो ।

प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताउँनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *