कतारमा मगर भाषा र लिपीको प्रशिक्षण

आदर्श अनलाईन, कतार
नेपाल मगर संघ कतार शाखाले मगर भाषा तथा लिपी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा १८ मगरातमा बोलिने मगर खाम, पाङ भाषाको बारेमा मगर संघ कतारका सदस्य दिल बहादुर रोकाले प्रशिक्षण दिनुभएको थियो । त्यस्तै १२ मगरातमा बोल्ने मगर ढुट भाषा र मगर अख्खा लिपिको बारेमा संघका सल्लाहकार भिम तरामु मगरले प्रशिक्षण दिनु भएको थियो ।


प्रशिक्षण कार्यक्रममा बोल्दैं नेपाल मगर संघ कतारका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार भिम तरामु मगरले देश विदेशका जुनसुकै कुनामा रहेपनि आफ्नो भाषाको संरक्षणमा जुटनुपर्ने बताउँनुभएको थियो । उहाँले अघिल्लो पुस्ताले आफ्नो भाषामा बोल्न छोडेपछि पछिल्लो पुस्तालाई भाषाको बारेमा जानकारी नै नरहेको भन्दैं छोरा छोरीलाई आफ्नो भाषा बोल्न र लेख्न सिकाउँनुपर्ने बताउँनुभएको थियो ।

कार्यक्रममा शाखाका सल्लाहकार सदस्य डिएन मगर, लिलम्बर चिदि मगर, रबिन मगर, दोहा एरिया समितिका अध्यक्ष तारा थापा मगर, सनैया ए एरिया समितिका अध्यक्ष अम्बर थापा मगर, सनैया बि एरिया समितिका अध्यक्ष धन थापा मगर, साहनिया एरिया समितिको अध्यक्ष तुषार पुन मगर, वक्रा एरिया समितिका कोषाध्यक्ष चित्र कुमारी थापा मगर, एयरपोर्ट एरिया समितिका सुरेन्द्र राना मगर, नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष हिम थापा मगर लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रम नेपाल मगर संघ कतार शाखाका अध्यक्ष बिजय कुमार मगरको अध्यक्षता, साहित्य अध्ययन तथा अनुसन्धान बिभाग संयोजक रेशम आले मगरको स्वागत, मगर संघ कतारका महासचिव विवेक पुलामी मगरको सञ्चालनमा सम्पन्न भएको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *