अर्घाखाँचीमा बस दुर्घटना: १० जनाको घटनास्थलमै मृत्यु

आदर्श अनलाइन, अर्घाखाँची

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ६ नरपानीमा आज साँझ भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सन्धिखर्कबाट बुटबल जादै गरेको लु २ ख २१४८ नम्वरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन ।

अहिले सम्म १० जना को घटनास्थलमै मृत्यु भएको शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक माधब रेग्मीले जानकारी दिनु भयो । घटनाको बारेमा बिस्तृत विवरण आउन बाकी छ । घाइते सात जनालाइ उपचारकालागि बुटबल पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनु भयो । घाइतेको उद्धार जारीरहेको छ । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *