गुल्मीबाट कुलपुजाको लागि निसिखोला जाँदैं गरेको जीप दुर्घटना, १४ जनाको घटनास्थलमै मृत्यु

आदर्श अनलाईन, बागलुङ ।
गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ ।

दुर्घटनामा गुल्मीको इस्माबाट कुलपुजाको लागि निसिखोलाको बायोखोला जाँदै गरेका गुल्मीका ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो ।

अन्य तीन जनालाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ बठाईएको छ । उद्धार कार्य जारी रहेको छ ।

यो पनि पढ्नुहोस्

2 thoughts on “गुल्मीबाट कुलपुजाको लागि निसिखोला जाँदैं गरेको जीप दुर्घटना, १४ जनाको घटनास्थलमै मृत्यु

  1. अती दुखद खबर सुन्न पर्यो।
    हार्दीक श्रद्दान्जली म्रृत आत्मा हरुमा।
    घायल हरुको सिघ्र स्वास्थ्यलाभको कामना।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *