एनआरएनए कतारद्वारा वार्षिक कार्ययोजनाका लागि सुझाव संकलन

आदर्श अनलाईन, कतार ।

गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले आफ्नो २ वर्षीय कार्यकालका लागि कार्ययोजना तयार गर्न कतारमा रहेका नेपाली संघ संस्थाहरुविच सुझाव संकलन गरेको छ ।

सन् २०२१ सम्म रहेको आफ्नो कार्यकालमा गैरआवसीय नेपाली संघलेे अागामि योजनाहरु के बनाउँने भन्ने विषयमा सुझाव संकलन गरेको हो । परिषदले कार्यक्रममा आफ्नो स्थापनाकाल सन २००३ देखि हाल सम्मको सस्थागत सहकार्यको अनुभवहरुमा थप प्रभाबकारिताको लागि सुझाब संकलन, संस्थागत सहकार्यका लागि प्रभावकारी संयुक्त कार्यक्रम र योजना, श्रमिक समस्याहरुको सम्बोधन साथै पीडित श्रमिकहरुको सहयोगको लागि संस्थागत सहभागिता, नेपाल भ्रमण बर्ष २०२० सफल पार्न संस्थागत सहभागिता, कतारमा रहेका नेपाली श्रमिकहरुको सचेतना कार्यक्रमको आवश्यकता लगाएतका प्रस्ताबहरु पेश गरेको थियो ।

सुझाव संकलन कार्यक्रमका सहभागिहरुले नेपालका राष्ट्रिय पर्वहरु मनाउदा एनआरएनले नेतृत्व गरेर सम्पुर्ण संघसंस्थाको सहभागीतामा संयुक्त कार्यक्रम गर्नुपर्ने, भ्रमण बर्ष २०२० सफल पार्नको लागि नेपाली राजदूतावास संगै एनआरएनले गर्ने रचनात्मक तथा प्रचारप्रसारका कार्यक्रममा सहभागीता जनाउन आफुहरु उत्सुक रहेको, श्रमिकको समस्या प्रमुख मुद्दा बन्दै गएको भन्दै वैदेशिक रोजगारीमा आउन चाहने युवायुवतीलाई नेपालदेखिनै सचेतना प्रदान गर्नुपर्ने र कुलतमा फसेका नेपाली युवाहरुलाई मार्गदर्शन गर्ने सचेतना कार्यक्रम अत्यावश्यक रहेको सुझाव दिएका थिए ।

कार्यक्रममा एनआरएनए आइसिसी सदस्य होमनाथ शर्मा, केवि हमाल, प्रवासी नेपाली एकता मञ्चका रकम राई, नेपाली जनसम्पर्क समितिका सह–महामन्त्री केदार भुसाल, नेपाली समाज कतारका अध्यक्ष देव परियार, निवर्तमान आइसिसी सदस्य बिमल सुवेदी, प्रदेश नम्बर ३ समन्वय समितीका अध्यक्ष समीर खत्री, सुधुर पश्चिममेली नेपाली समाजका अध्यक्ष प्रेम चलाउने, नेपाली महिला समाजकि कार्यबाहक अध्यक्ष अमिना खान लगाएत विभिन्न जिल्ला तथा जातिगत संघ संस्थाले सुझाव राखेका थिए ।

कार्यक्रमका सहभागिले बिगतमा एनआरएनले आफ्नो तरिकाले वार्षिक क्यालेन्डर तयार गर्दा केही बिबाद हुने गरेको भएपनि वर्तमान कार्य समितिले सबैको सुझाव संकलन गरेको भन्दै धन्यवाद दिएका थिए ।

समापन गर्दै अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कार्यक्रम सहभागी भएर महत्त्वपूर्ण सुझावको लागी धन्यवाद दिदै आफुहरु सदैव सबै जनाको सल्लाह सुझाव अनुसारनै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रम गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका दृतिय उपाध्यक्ष टंक कुमार खड्काको स्वागत र महासचिव पदम गिरीको सञ्चालनमा सम्पन्न भएको प्रवक्ता सन्तोष क्षत्रीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *