तमानखोलामा श्रीमान श्रीमती विच कुटाकुट, श्रीमानको मृत्यु

आदर्श सञ्चार,बागलुङ
बागलुङको तमानखोला गाउँपालिका–१ बिसोकमा श्रीमान श्रीमतीबिच कुटाकुट हुँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भिर घाइते भएकी छिन् ।

२०७६ माघ १६ गते घरायासी विवादको क्रममा ६४ वर्षीय रविलाल विकले श्रीमती ६० वर्षीया जमुना विकलाई कुटपिट गरेपछि ज्यान जोगाउँने क्रममा जमुनाले धकेल्दा टाउँकोमा चोट लागेर रविलाल विकको घटनास्थलमै मृत्यु भएको हो ।

श्रीमान श्रीमती विच सधैजसो सामान्य विषयमा पनि भनाभन हुने गरेको र बिहीबार रविलालले कुटपिट गरेपछि जमुनाले धकेल्दा घरको भित्तामा ठोक्एिर मृत्यु भएको भन्दै स्थानियले शुक्रबार विहान प्रहरी चौकी बोङगादोभानमा खबर गरेका थिए । मृत्यु भएका रविलालको शव पोस्मार्टमको लागि बुर्तिवाङ स्वास्थ्य चौकीमा राखिएको छ ।

घाइते जमुनालाई उपचारको लागि धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याईएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक सुरज खड्काले बताउँनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *