मौसममा बदलावः आज हिमपात सहित वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाण्डौं

नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पश्चिमी भेग धेरै, पूर्वी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ।

वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गकाअनुसार पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। आज काठमाडौं उपत्यकामासहित देशका विभिन्न स्थानमा हल्का वर्षा हुने उनले बताए। ुपश्चिमबाट मौसम सक्रिय भएकाले पश्चिमका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ।ु उनले भने, ु आज दिउँसो, राति वर्षा हुन्छ, भोलीबाट विस्तारै मौसम सफा हुँदै जानेछ।ु

मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा भनिएको छ, ुदेशका पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा शु्क्रबार मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ।आइतबारबाट मौसम सफा रहने छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *