कोरोनाले मृत्यु हुनेको संख्या ७२ हजार बढि

आदर्श अनलाईन, काठमाडौं 
कोरोना भाइरसले मृत्यु हुनेको संख्या ७२ हजार ६ सय ३६ जना पुगेको छ। १३ लाख ४५ हजार ४८ जना संक्रमित भएका छन्। त्यस्तै २ लाख ७५ हजार ६८ जना निको भएका छन्। नयाँ संक्रमित ३९ हजार ६ सय ३२ जना थपिएका छन्।

त्यस्तै सोमबार एकै दिन अमेरिकामा ७११ जनाले ज्यान गुमाएका छन्। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ जना पुगेको छ। ३ लाख ४९ हजार ८८५ संक्रमित मध्ये नयाँ संक्रमित १३ हजार २१२ थपिएका छन्।

इटलीमा एकै दिन ६३६ जनाले ज्यान गुमाएका छन्। हालसम्म इटलीमा १६ हजार ५२३ जनाले ज्यान गुमाएका छन्। कोरोनाले मृत्यु हुने इटलीमा सबैभन्दा बढी छन्। १ लाख ३२ हजार ५ सय ४७ संक्रमित छन्। जसमा ३ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन्।

त्यस्तै स्पेनमा एकै दिन ५२८ जनाले ज्यान गुमाएका छन्। स्पेनमा हालसम्म १३ हजार १६९ जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ३५ हजार ३२ संक्रमित छन्। जसमा ३ हजार ३ सय ८६ जना नयाँ संक्रमित भएका छन्।

त्यस्तै युकेको पनि एकै दिन ४३९ जनाले ज्यान गुमाएका छन्। युकेमा हालसम्म ५ हजार ३ सय ७३ जनाले ज्यान गुमाएका छन्। ५१ हजार ६०८ जना संक्रमित मध्ये ३ हजार ८ सय २ जना नयाँ संक्रमित थपिएका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *