म्याग्दीमा कोरोना शंकास्पद बिरामी अस्पताल ल्याउने टोली गठन

आदर्श अनलाईन, म्याग्दी
म्याग्दीमा कोरोना शंकास्पद बिरामीलाई अस्पताल ल्याउन प्यासेन्ट रिसिभिङ टिम गठन भएको छ ।

कोभिड–१९ सम्बन्धी कमाण्ड पोष्टको मंगलबार बसेको बैठकले नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री सुरत केसीको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन भएको हो ।

टोलीको सदस्यहरुमा श्रीबक्स गुल्म, जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र शसस्त्र प्रहरी गुल्म गलेश्रका प्रतिनिधि रहनेछन् । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको बैठकले कोरोनाका शंस्कास्पद बिरामीलाई अस्पताल ल्याउने जिम्मेवारी टोलीलाई दिएको छ ।

बैठकले बिरामी बोक्नका लागि दुई वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय समेत गरेको छ । बेनी अस्पताल र रेडक्रस सोसाइटीको कम्तीमा दुई वटा एम्बुलेन्सलाई चैत २७ गतेभित्र तयार पारिने भएको छ ।

संक्रमणबाट एम्बुलेन्स चाकललाई बचाउन तथा न्यूनीकरण गर्न चालक क्यावीन र बिरामी कम्पार्टमेन्टबीच तोकिएको मापदण्ड अनुसार सुरक्षा अपनाउने सकिने बनाउन श्रीबक्स गुल्मलाई संमन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

म्याग्दीका स्थानीय तहमा स्थापना गरिएका क्वारेन्टाइनहरुको स्तरोन्नित गर्न स्थानीय तहहरुलाई अनुरोध गरेको छ । म्याग्दीमा १२५ जना क्षमताको क्वारेन्टाइन र बेनी अस्पतालमा छ शैयाको आइसेलेशन बनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *