किन मरे म्याग्दीमा गाई गोरु ? यस्ताे देखियाे कारण

आदर्श अनलाईन, म्याग्दी
बेनीमा मंगलबार दुई वटा गाई मर्नुको कारण विषाक्त आहरा भएको देखिएको छ ।

लडकाउनको समयमा बजारका पसल बन्द भएपछि आहराको अभावमा गाई मरेको धेरैले अनुमान गरेका थिए । बेनी बजारमा छाडा छाडीएका एक वटा बहर र एक वटा दुहुनो गाई मरेका थिए । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको टोलीले गाई मर्नुको विषयमा बुधबार अनुसन्धान गरेको थियो ।

केन्द्रका प्रमुख नारायण कुशुमले मरेका र जिवित गाईगोरुको अवस्था गर्दा अध्ययन गर्दा बिषाक्त आहराको असर भएको देखिएको बताउनुभयो । ‘हिजो मरेको गाई धरखराउदै पल्टीएको थियो, मुखबाट फिज समेत निकालेको र भुडी ढाडीएका कारणले कुनै फुट प्वाइजिनिङ भएको हुन सक्ने अनुमान गरेका छौ,’ उहाँले भन्नुभयो ।

लकडाउनका कारणले छाडा गाईबस्तुले खान नपाएपनि भोकै नभएको उहाँले बताउनुभयो । उनिहरुले खाने बानीमा लकडाउने परिवर्तन ल्याएको छ । बजार वरपरको हाडेभिर, खबरा, बराहपाखो, महारानी, डल्लेपिपल क्षेत्रमा गएर चर्ने गरेका छन् । बेनीमा दश भन्दा बढी छाडा गाई, गोरु छन् ।

छाडा गाईगोरुको व्यवस्थापनका विषयमा बेनी नगरपालिकाका जनप्रतिनिधि, अधिकारी र भेटेरीनरी अस्पतालका विज्ञ तथा प्राबिधिक बिच बुधबार छलफल भएको थियो । नगरपालिका र भेटेरेनरी अस्पतालले समन्वय गरेर छाडा गाइगोरुको व्यवस्थाप गर्ने विषयमा छलफल भएको थियो ।

प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ र रामकृष्ण बराइली तथा भेटेरीनरी अस्पतालका प्रमुख कुशुमको टोलीले बुधबार गाइगोरुको अवस्था अध्ययन गर्दा अन्य गाइगोरुको स्वास्थ्य सामान्य थियो ।

लायन्स क्लव अफ बेनी पिस सिटीले छाडा गाइबस्तुलाई बुधबार दाना खुवाएको छ । क्लवका अध्यक्ष नरेश श्रेष्ठको नेतृत्वमा पदाधीकारी तथा सदस्यहरुले दाना व्यवस्था गरेर गाइबस्तुलाई खुवाएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *