बागलुङ नगरपालिकामा १ सय २ जनाको कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा कोरोनाको उच्च जोखिम बढेपछि सरकारले बागलुङको १० वटै स्थानीय तहमा कोरोना परिक्ष गर्न सुरु गरेको छ ।

दशवटै स्थानीय तहमा ¥यापिड टेष्ट गरिँदै छ । बागलुङ नगरपालिकामा शुक्रबारदेखि परिक्षण सुरु गरेको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ,

नगरपालिकाले चैत महिना भित्र विदेशबाट आएका र संक्रमितहरुको सम्पर्कमा आएका नागरिकहरुको परिक्षण गर्न थालिएको खनालले बताउनुभयो ।

शुक्रबार र शनिबार गरि नगरपालिकाका १ सय २ जनाको परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले करिब २ सय जनाको परिक्षण गर्ने बताइएको छ । सोमबारसम्म सबै वडामा पुगेर परिक्षण गरि सक्ने खनालको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *