बागलुङ बजारमा चोरको बिगबिगी, चार घरमा टोडफोड

डम्मर बुढा मगर, बागलुङ

बागलुङ बजारको चार घरमा टोडफोड भएको छ ।

शनिबार राति बागलुङ नगरपालिका नम्बर २ श्रीनजगर टोलस्थत हिरा रायमाझी, जीवननाथ शर्मा, लक्ष्मीराज कार्की र ज्ञानेन्द्र केसीको घर चोरले टोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षण्क दिपक रिजालले जानकारी दिनुभयो ।

उहाँको अनुसार हिरा रायमाझीको घरको दास्रो र तेस्रो तलाको ६ वटा कोठा चोरले टोडफोड गरेको छ । कोठामा बस्ने सबै गाउँ भएको हुँदा के–के चोरी भयो भन्ने एकिन नभएको प्रहरी निरिक्षक रिजालले बताउनुभयो ।

चोरले कोठा भित्र भएको दराज समेत फोरेको प्रहरीले जनाएको छ ।

चोरले सोही स्थानका जीवननाथ शर्माको घरको ताल्चा फोड्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै चोरले लक्ष्मीराज कार्की च्यानेल गेट फोडेको र ज्ञानेन्द्र केसीको पुरानो घरको चाल्चा फोडेको उहाँले जानकारी दिनुभयो ।

चोरेले के–के धनमाल चोर्यो भन्ने एकिन विवरण नआएको र यस विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

बागलुङ बजारमा चोरको बिगबिगी, चार घरमा टोडफोड

  1. यस्तो समयमा पनि चोरी गर्दै हिड्ने खातेहरु लाई गोलि हान सरकार

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *