रेडक्रसका एम्बुलेन्स चालक अटेरी, कोरोना शंकास्पद महिलालाई प्रहरीले पुर्‍यायाे क्वारेन्टाइन

डम्मर बुढा मगर, बागलुङ
र्‍यापिड टेष्ट गर्दा रिपोर्ट पोजेटिभ देखिएका काठेखोला गाउँपालिका वडा नम्बर ६ इनारपानीकी ६५ वर्षीया महिलालाई जिल्ला प्रहरी कार्यालयले क्वारेन्टाइनमा ल्याएको छ ।

महिलालाई नेपाल रेडक्रस बिहुँ शाखाका एम्बुलेन्स चालकले ल्याउन नमानेपछि जिल्ला प्रहरी कार्यालय बागलुङको टालीले उनको उद्धार गरि भिमशेन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा लगाएको राखेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता हेम केसीले जानकारी दिनुभयो ।

उनलाई आइतबार राती ११ बजे प्रहरीले घरबाटै लिएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टानमा राखेको हो ।

ती महिलालाई क्वारेन्टाइनमा पु¥याउन नमान्ने चालकलाई गाउँपालिकाले कारवाही गरेको छ ।

यसभन्दा अगाडी पनि बागलुङ नगरपालिका वडा नम्बर ३ की कोरोना संक्रमित महिलालाई अञ्चल अस्पताल ल्याउन नेपाल रेडक्रस सोसाइटी बागलुङका एम्बुलेन्स चालकले मानेका थिएनन् । उनी गायब नै भएका थिए ।

संक्रमित महिलालाई स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका गाडी चालक दिपक पराजुलीले अस्पतालमा ल्याएका थिए ।

यो पनि पढ्नुहोस्