नेपालमा १६ पुगे कोरोना संक्रमित

आदर्श अनलाईन,काठमाडौं 
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार मात्र थप २ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेपछि संक्रमितको संख्या १६ पुगेको हो। 

‘पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका दुई जना (५८ वर्षीया पुरुष, ८१ वर्षीया महिला)को पोजेटिभ देखिएकोले पिसिआरबाट थप परीक्षण गर्दासमेत पोजेटिभ रिपोर्ट देखिएको छ,’ मन्त्रालयको भेरिफाइड फेसबुक पेजमा लेखिएको छ।

सो अपार्टमेन्टमा बस्ने एकै परिवारका ३ जनाको परीक्षण गरिएको थियो। तीन जनामध्ये बाँकी १ जनाको पहिलो परीक्षणमा कोभिड-१९ पोजेटिभ नदेखिएको समेत मन्त्रालयले बताएको छ। 

यसअघि नेपालमा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। सोमबार मात्र कैलाली र रौतहटका एक एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने आइतबार वीरगञ्जका ३ जनामा यो भाइरस संक्रमणको पुष्टि भएको थियो। 

यसअघि नै ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको थियो। नेपालमा संक्रमित भेटिएका एक जना भने उपचारपछि निको भइरसकेका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *