कोरोना कहर : घरबिहीनको लागि बागलुङमा आश्रयस्थल

डम्मर बुढा मगर, बागलुङ
उद्योग वाणिज्य संघ बागलुङको नेतृत्वमा घर बिहीनहरुलाई खाने र बस्नेको प्रबन्ध मिलाएको छ ।

संघले बागलुङ नगरपालिका वडा नम्बर २ मा रहेको पुरानो शान्ती समितिको कार्यालयमा उनीहरुको लागि आश्रय स्थाल निर्माण गरेको संघका महासचिव नरेश कँडेलले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बागलुङ, नेपाल रेडक्रस सोसाईटी बागलुङ र उद्योग वाणिज्य सघको समन्वयमा घरबार बिहीनहरुको लागि खाने बस्नेको व्यवस्थापन गरेको महासचिव कँडेलको भनाई छ ।

‘लकडाउने गर्दा उनीहरु निकै समस्यामा परेका छन्, बस्ने बस नपाउँदा भौतारिका छन्,’ महासचिव कँडेलले भन्नभयो ‘उनीहरुले राहत पाए पनि पकाएर खाने र सुत्ने ठाउँ छैन, त्यसले गर्दा हामीहरुले उनीहरुको उद्धारको लागि खाने बस्ने व्यवस्थापन मिलाउँदै छौँ ।’

संघले उक्त भवनमा हाल १० वटा बिस्तरा तयार पारेको भन्दै कँडेलले आवश्यकता अनुसार मान्छे थपिदै गए बिस्तरा संख्या बढाउँदै जाने बताउनुभयो । महिला पुरुषको लागि छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाएको उहाँको भनाई छ ।

हाल चार जना उक्त आश्रय स्थालमा आएका छन् । उनीहरुलाई तत्कालको लागि खानाको प्रबन्ध जिल्ला प्रहरी कार्यालय बागलुङले गरेको प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

‘अहिले थोरै हुनुहुन्छ, त्यसको लागि हामीहरुले हाम्रो र सिपाहीहरुको छाक काटेर खुवाउन थालेका छौँ,’ उहाँले भन्नुभयो ‘उहाँहरुलाई सहयोग गछौँ भनेर अरुले पनि भन्नु भएको छ, धेरै भएपछि सहयोग जुटाएर व्यवस्थपान गर्ने छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *