कोरोनाभाइरसबाट भारतमा ४२२ मृत्यु, १२ हजार ३७० संक्रमित

आदर्श अनलाई, काठमाडौ
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२२ पुगेको छ ।

भारतमा एकैदिन ८८३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १२ हजार ३७० पुगेको छ ।

भारतमा संक्रमितमध्ये १ हजार ५०८ जना उपचारपछि निको भएका छन् । १० हजार ४४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ३४ हजार ५६० जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या २० लाख ८२ हजार ३७२ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *