३३ वर्षीय महिला मृत्यु प्रकरण : ‘मेरो नाम जोडेर बदनाम गर्न खोजियो’

आदर्श अनलाईन, बागलुङ
बैशाख १ गते ढोरपाटन नगरपालिका वडा नम्बर १ की ३३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको थियो । उनलाई हेली मार्फत पोखरा पुर्याउँदा पुर्याउँदै मृत्युभएको थियो ।

महिलाको मृत्युसँग जोडेर ढोरपाटन नगपालिकाका नगरप्रमुख देवकुमार नेपालीको आलोचना भइरहेको छ । भने विभिन्न संचार माध्ययमा समाचारहरु पनि प्रकाशन भएका छन् ।

यस विषयमा नगरप्रमुख नेपालीले आपत्ति जनाउनु भएकाे छ । विभिन्न सञ्चार माध्यमहरुमा आएका समाचारहरु अनर्गल प्रचार भएकाे भन्दै उहाँले यस विषयलाई जोडेर आफ्नो बदनाम गर्न खोजिएको बताउनुभयो । संचारमाध्यमले वास्तविकता आफूसँग नबुझी समाचार प्रकाशन/प्रसारण गरिनु गलत भएको बताउनुभयो ।

बिरामीको विषयमा आफुलाई केहि पनि जानकारी नभएको भन्दै पछि समाचार हेरेर मात्रै त्यस विषयमा थाहा पाएको बताउनुभयो ।

‘समयमै मलाई जानकारी गराएको भए मैले हेलिकप्टर मार्फत हस्पिलट पर्याउँथे, तर मलाई जनाकारी दिइएन, समाचार पढेर झसंग भए,’ उहाँले भन्नुभयो ‘समयमै मलाई जानकारी दिएको भए यस्तो घटना हुने थिएन ।’

नेपालीलाई नगरपालिकामा एम्बुलेन्सको व्यवस्था नगरिएको र हेलिकप्टर नमगाएका कारण बिरामी समयमा उपचार नपाएर मृत्य भएको भन्दै आरोप लगाइएको छ ।

नगरप्रमुख नेपालीले प्राथामिक स्वास्थ्य केन्द्रमा पटक–पटक बैठक राखेर एम्बुलेन्स ल्याउन निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स ल्याउने प्रकियामा छ ।

वास्तविकता के हो ?
डा. मिलन मल्ल र डा. दिलिप कोजुको भनाईमा उनी चैत २८ गते शुक्रबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रक्तस्राव भएको भन्दै उपचारका लागि आएकी थिइन् ।

त्यसको एक्सरे गर्दा गर्भ नदेखिएको र पिसाब जाँच गर्दा देखिएपछि इक्टोपीक प्रेगनेन्सी भएको हुन सक्ने वा गर्भ खेर पनि गएको हुनसक्ने बीरामीको वास्तबीक अवस्था पहिचान नभएकाले तत्कालै डाक्टर कोजुले सुबिधासम्पन्न अस्पतालमा जान सुझाउनुभएको थियो । उनी लक डाउनका कारण अस्पताल जान सकेकी थिइनन् ।

डाक्टरले दुखाइ भएमा एकदमै जटील हुन सक्ने बताएका थिए । तर बिरामी महिलाले कुनै दुखाइ नभएको डाक्टरसंग बताएकी थिइन् । डक्टर कोजुलेले रिफर कागजपत्र समेत बनाएर दिनुभएको थियो ।

डाक्टर मल्लका अनुसार अचानक ३ दिनपछि नयाँ बर्षको दिन बिहान उनको पेट दुखेको भन्दै पुःन स्वास्थ्य केन्द्र ल्याइएको थियो । त्यति बेलासम्म उनको स्वास्थ्य अवस्था निकै नाजुक भैसकेको थियो ।

ड्उटीमा खटिएकी डा. लक्ष्मी अर्यालले उनको अवस्था देखेर डा. मल्लसंगको परामर्समा यहाँ उपचार संम्भव नभएकाले यहाँ हुने उपचार गरी जसरी हुन्छ छिटो अस्पताल पुराउनका लागि तत्काल अक्सिजन लगाएर एम्बुलेन्समा बिरामीलाई पठाइएका थिए ।

बाटोमा बिरामीको अवस्था झन् बिग्रदै गएकाले डा. मल्लले तत्कालै बीरामीलाई अस्पताल पुराउनुपर्ने भन्दै डा. अर्याल स्वास्थ्यकर्मी र इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी र बीरामीको भाईको सक्रिएयतामा हेलीमा लैजाने निष्कर्षमा पुगेका थिए ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाबाट दुर्गमका जोखिममा रहेका सुत्केरीहरुलाई उद्धार गर्ने कार्यक्रम अन्तर्गत हेलिकप्टर मगाइएको थियो । यस अघि सोही अवस्थामा १ घण्टामा उपलब्ध हुदै आएको उक्त सेवा लकडाउनका कारण गृह मन्त्रालयको पास चाहिएका कारण हेली रेडि भए पनि आउन सकेको थिएन ।

प्रमुख जिल्ला अधिकारी मार्फत मार्फत त्यो प्रक्रिया गृह मन्त्रालय पुराउनुपर्ने भएकाले लम्बिएका कारण तीन घण्टा लागेको थियो । स्वीकृति पाएर पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पुर्याउदा बिरामी निधन भएको थियो ।

इक्टोपीक प्रेगनेन्सी ?
यो अवस्था भनेको पाठेघर भन्दा बाहिर गर्भ बस्नु हो । यसरी पाठेघरको बाहिर नलीमा गर्भ बसेमा बिस्तारै बढ्दै जाँदा त्यो नली फुट्छ र उच्च रक्तस्राब हुन्छ । समयमा उपचार नपाए महिलाको ज्यानै जान सक्छ । त्यसको उपचार शल्यक्रिया विना सम्भव हुदैन। यसरी सल्यक्रिया गर्न जिल्ला अस्पतालमा पनि सम्भव छैन् । सल्यक्रिया पश्चात तत्कालै आइसीयु मा राख्नुपर्छ यस्तो समस्याको उपचार प्राथमिक स्वास्थ्य केन्द्रमा संभव थिएन ।

पीएचसीमा एम्बुलेन्सको अभाव
‘एम्बुलेन्स खरिद गर्ने प्रक्रियाकै कारण ढिलाइ भएको हो । ‘नगरप्रमुख ज्युले आजै किने पनि पैसा तिर्न तयार छु भनिरहनु भएको छ । तर कागजी प्रक्रियाले नै अलमलाएकाले ढिला भएका हो’ त्यहा कार्यरत एक स्वास्थ्यकर्मीले भने । पहिले प्राथामिक स्वास्थ्य केन्द्रका् नाममा किन्ने भनेर प्रक्रिया अगाडी बढाईएको थियो । तर कुरा यातायात व्यवस्था बिभागमा गएर अड्कियो । स्वास्थ्य केन्द्रको नाममा पहिले नै दुईओटा एम्बुलेन्स दर्ता थियो । दुइओटा भन्दा धेरै ल्याउन मिल्दैन । ‘त्यसैले अहिले नगरप्रमुखको निजी खर्चमा भएपनी नगरपालिकाको नाममा ल्याउनका लागी सबै डकुमेन्ट पेस गरिसकेका छौँ सबै प्रक्रिया भएको छ । लकडाउन खुल्दा बित्तीकै आउछ’ ती स्वास्थ्यकर्मीले भने।

स्वास्थ्य केन्द्रको नाममा रहेका दुइ एम्बुलेन्स मध्ये एउटा निसीखोला गाउँपालिकालाई दिइएको थियो । अहिले त्यो बिग्रिएर थन्केको छ ।

अर्को पनि बिग्रेर बनाउनका लागि सदरमुकाम पठाइएको छ । ‘त्यो बन्न लाग्ने खर्चमा अलिकती पैसा थपे अर्को एम्बुलेन्स आउने रहेछ । त्यसैले बनाइएको छैन त्यो पनि थन्किएरै बसेको छ’ नगरपालिकाका एक अधिकारीले भने ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *