एकै दिन १४ स‌ंक्रमित भेटिए, स‌ंक्रमितकाे संख्या ३० पुग्याे

आदर्श अनलाईन, काठमाडौँ
कोरोनाबाट संक्रमितको संख्या शुक्रबार मात्रै १४ जना थपिएका छन्।

शुक्रबार उदयपुरमा १२ जना र चितवनका २ जना गरी १४ जना थपिएको स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले बताए।

उदयपुरकाे एक मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेकाे बताइएकाे छ।

‘यिनिहरु आयातित नै भएको बुझिएको छ,’ कार्कीले बताए।

तर उदयपुरको केसले समुदायमा संक्रमित गराउँछ कि भन्ने डर देखाएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए। नेपालखबरबाट

यो पनि पढ्नुहोस्