जिल्ला प्रहरी कार्यालय बागलुङले गर्यो एकै दिन ३२ जनाको उद्धार

डम्मर बुढा मगर, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार ३२ जनाको उद्धार गरेको छ ।

पोखरादेखि रोल्पा घर हिँडेका १८ जना र अन्य १४ जनाको उद्धार गरी आश्रय स्थल राखेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी नवराज भट्टले जानकारी दिनुभयो ।

आश्रय स्थलमा दिन प्रतिदिन मानिसहरु थपिँदा उनीहरुका लागि खाना बस्नको समस्या भएको एसपी भट्टले बताउनुभयो ।

‘उद्धार गरिर त ल्याइयो तर उनीहरुको लागि खाना बस्नको व्यवस्थापनमा समस्या भएको छ,’ उहाँले भन्नुभयो ‘हिँजोसम्म थोरै थियो र खाना बस्नको व्यवस्थापन जसोतसो भएको थियो, दिनदिनै थपिँदै गएपछि व्यवस्थापनमा समस्या भएको छ ।

आश्रय स्थलमा ४४ जना रहेको उहाँको भनाई छ । उनीहरुलाई कसरी व्यवस्थापन गर्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने बताउनुभयो ।

हालसम्म प्रहरीले उद्धार गरी ३५ जनालाई घर पठाइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *