बागलुङमा अलपत्र ५८ मजदुरको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

डम्मर बुढा मगर, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले उद्धार गरेका ५८ जना मजदुरहरुको कोराना परीक्षण गरिएको छ ।

लकडाउनका कारण अलपत्र परेका उनीहरुको सोमबार ¥यापिड टेस्ट गरिएको हो । टेस्ट गरिएको मध्य सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खानाले जानकारी दिनुभयो ।

अलपत्र मजुरहरु अधिकांश रोल्पा र रुकुमको रहेको उहाँले जानकारी दिनुभयो । रोल्पा र रुकुमका सहित मुस्ताङ, ओखलढुङ्गा, काभ्रेपनाञ्चोकका मजदुरको पनि कोरोना परिक्षण गरिएको हो ।

उनीहरुलाई अहिले यहाँ निर्माण गरिएको आश्रय स्थल र बागलुङ नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ । उनहरुको लागि बागलुङ नगरपालिकाले बस्ने खानेको व्यवस्थापन गरेको छ ।

तिनीहरु मध्ये रोल्पा, रुकुमका मजदुरहरुलाई जिल्ला प्रशासन कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय बागलुङ र बागलुङ नगरपालिकाको समन्वयमा उनीहरुको जिल्ला पठाउने बागलुङका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिनुभयो ।

उनीहरु पठाउनको लागि गाडी व्यवस्थापन गरिरहेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *