कोरोना संक्रमितको संख्या ४२ पुग्यो,उदयपुरमा थप ११ मा संक्रमण

आदर्श अनलाइन, उदयपुर

उदयपुरमा आज एकै दिन ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

यो समेत अहिले सम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । संक्रमण पुष्टि भएका ४२ मध्ये पाँच जना निको भएर घर फर्किएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण भएको थियो । अहिले संक्रमण देखिएका त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् ।

विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो । त्यस क्रममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *