प्रहरी प्रशासन नटेर्ने बागलुङबासी, लकडाउनको हेलचक्राइ

डम्मर बुढा मगर, बागलुङ

बागलुङमा दिनप्रतिदिन लकडाउन फितलो बन्दै गएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामको लागि सरकारले गत चैत ११ गतेदेखि देश लकडाउन गरेको हो । तर, प्रहरीले कडाइ गर्ने पहल गरिए पनि यसकाे कार्यान्वयन बागलुङमा प्रभावकारी देखिएको छैन।

लकडाउनको सुरुवाति चरणमा केही प्रभावकारी देखिए नागरिकहरुको अटेरी र सरोकारवाला निकायले तदाकरुकता नदेखाउँदा मान्छेहरु दिनानु दिन खुलेआम हिड्न थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले केही दिन बजारमा अनावश्यक रुपमा हिड्नेहरुलाई कारवाही गरे पनि त्यो कामले निरन्तरता पाउन नसकेको स्थानीयहरु बताउँछन् ।

This image has an empty alt attribute; its file name is 2-copy-1-557x418.jpg
मंगलबार साँझ बागलुङ बजारको हल्लनचोकमा स्थानीय

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी नवराज भट्टले प्रहरी लकडाउनको पूर्ण पालना गराउनको निम्ति बिहानदेखि रातिसम्म खटि राखेको बताउनुभयो ।

उहाँले प्रहरी मात्रैले काम गरेर लकडाउन प्रभावकारी नहुने भन्दै नागरिकहरु पनि यस विषमा सहजक हुनु पर्नेमा जोड दिनुभयो ।

‘हामीले प्रभावकारी ढंगलले लकडाउन पालना गराउन लागि परेका छौँ, तर नागरिकहरुले हेलचक्राई गरि राख्नुभएको छ,’ हामीले दिनप्रतिदिन ‘अनावश्यक बजारमा हिड्नेहरुलाई कारवाही गरिरहेका छौँ, नागरिहरुले पनि यस विषमा सोच्नु पर्ने हो ।’

लकडाउन प्रभावकारी बनाउन सरोकारवाला निकाय सहित नागरिकहरुले पनि यसको पूर्ण रुपमा पालना गर्नुपर्ने जरुरी देखिन्छ । नेपालमा दिनप्रति दिन कोरोना संक्रमणको संख्या बृद्धि हँदै जानु र लकडाउनको पालनामा आम नागरिकले अटेर गरिनुले पक्कै पनि कोरोना रोकथाममा असर पु¥याउने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *