कोरोनाबाट १ लाख ७७ हजारभन्दा धेरैको मृत्यु, २५ लाख ५६ हजारबढी संक्रमित

आदर्श अनलाइन, काठमाडौ

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट १ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

विश्वभर २५ लाख ५६ हजारभन्दा बढी संक्रमित हुँदा ६ लाख ९० हजार व्यक्ति उपचारपछि निको भएका छन् ।

कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ४५ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकापछि धेरै ज्यान जाने देशमा इटली छ । इटलीमा २४ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

फ्रान्समा २० हजार ७९६, स्पेनमा २१ हजार २८२, बेलायतमा १७ हजार ३३७ तथा जर्मनीमा ५ हजार ३३ को ज्यान गइसकेको छ । इरानमा ५२९७, बेल्जियम ५९९८, नेदरल्याड्स ३९१६ मा जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *