बागलुङकी कोरोना संक्रमित युवतिको पाँचौ रिपोर्ट नेगेटिभ

डम्मर बढा मगर, बागलुङ

बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवतिको कोरोना परीक्षणको पाँचौ रिपोर्ट बल्ल नेगेटिभ आएको छ ।

बानपा ४ कुँडुलेकी १९ वर्षीया अन्शु सापकोटाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले दिए । युवतिको अवस्था सामान्य भए पनि यसअघिको चार वटा स्वाब रिपोर्ट कोरोना संक्रमण भएको पोजेटिभ रिपोर्ट नै आएको थियो ।

अब भोली फेरी छैठौ स्वाब परीक्षणका लागि पठाइने र उक्त रिपोर्टमा पनि कोरोना संक्रमण नभएको नेगेटिभ रिपोर्ट आए निको भएको ठहर सहित डिस्चार्ज गरिने धौलागिरी अस्पतालले जनाएको छ ।

उनी चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको बिमान हुँदै नेपाल फर्किएकी थिइन् । त्यही क्रममा चैत्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैसाता मात्रै नेपालको छैठौ तथा जिल्लाको दोस्रो संक्रमित बानपा ३ गौडाकोटकी ६५ बर्षीया मनकुमारी पौडेल दम र प्रेसर रोगका बाबजुद पनि सहजै कोरोनालाई जितेर फर्किएकी थिइन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *