बागलुङकी पहिलो कोरोना संक्रमित अंशुले कोरोना जितिन्

डम्मर बढा मगर, बागलुङ
बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवतिको कोरोना परीक्षणको छैठौँ रिपोर्ट पनि नेगेटिभ आएको छ ।

बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया अशु सापकोटाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले दिनुभयो ।

युवतिको अवस्था सामान्य भए पनि यस अघिको चार वटा स्वाब रिपोर्ट कोरोना संक्रमण भएको पोजेटिभ रिपोर्ट नै आएको थियो । उनकाे डिस्चार्जकाे तयारी भइरहेकाे बताइएकाे छ ।

उनी चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको बिमान हुँदै नेपाल फर्किएकी थिइन् । त्यही क्रममा चैत्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

गत साता मात्रै नेपालको छैठौ तथा जिल्लाको दोस्रो संक्रमित बानपा ३ गौडाकोटकी ६५ बर्षीया मनकुमारी पौडेल दम र प्रेसर रोगका बाबजुद पनि सहजै कोरोनालाई जितेर फर्किएकी थिइन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *