आत्मबल र डाक्टरको हेरचाहले कोरोना जितेँ–अंशु

डम्मर बुढा मगर, बागलुङ

बागलुङकी पहिलो कोरोना संक्रमित १९ वर्षीया युवतिको शुक्रबार राति डिसचार्ज भएकी छिन् ।

बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुलेकी अंशु सापकोटाको पाँचौ र छैठौँ कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि शुक्रबार राति १० बजेनै उनको डिस्चार्ज गरिएको हो ।

उनको शुक्रबार राति सवा ८ बजे छैठौँ रिपोर्ट आएको थियो ।

डिस्चार्ज हुँदै सापकोटाले आफ्नो आत्मबल र डाक्टरको राम्रो हेरचाहले गर्दा आफूले कोरोनालाई जित्न सफल भएको बताईन् ।

उनले रोगसँग लड्नको प्रतिरोधात्म क्षमता बढाउने खानेकुराहरुमा बढी जोड दिएको भन्दै हस्पिटलको बसाईमा डाक्टरहरुको सल्लाह सुझाव र सबैको माया सद्भाव मिलेको बताइन् ।

उनी गत चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको बिमान हुँदै नेपाल फर्किएकी थिइन् । त्यही क्रममा चैत्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *