डम्मर बुढा मगर, बागलुङ
काठेखोला गाउँपालिकाले कोरोना भाइरस संक्रमण रोकथामको लागि थप तयारी अगाडी बढाएको छ ।
गाउँपालिकाले आज प्रेस विज्ञप्ती गर्दै जारी गर्दै नगरिकहरुको समास्यालाई मध्यनजर गरी उनीहरुको समाधान गर्न तर्फ लागेको जनाएको छ ।
गाउँपालिकाले स्थाइ ठेगाना काठेखोला भएको र विभिन्न कामको सिलसिलामा गाउँपालिका बाहिर रहेका नागरिकहरुलाई सोही स्थानमा सुरक्षित भएर बस्न आग्रह गरेको छ ।
गाउँपालिकाले पालिका बाहिर रहेका नागरिकहरुलाई केही समस्या भए गाउँपालिकामा सम्पर्क गर्न वा पालिकाले तयार गरेको कोभिड–१९ अनलाईन फारम भरेर जानकारी गराउनु आग्रह गरेको छ । समस्यामा परेका नागरिकहरुलाई सोही स्थानमै राहत पु¥याउने बताइएको छ ।
गाउँपालिका अध्यक्ष अमरबहादुर थापाद्वारा हस्ताक्षेरित विज्ञप्तीमा लकडाउनको समयमा कुनै व्यक्ति गाउँपालिकाले बाहिरबाट आएको खण्डमा गाउँपालिका वा वडा कार्यालयलाई पूर्व जानकारी गराई पालिकाले निर्माण गरेको क्वारेन्टाइन वा होम सेल्फ क्वारेन्टाइनको नियमहरु पालिलना गरि र स्वघोषणा पत्रमा सही छाप गरि सुरक्षित रुपमा बस्न आग्रह गरिएको छ ।
त्यस्तै पालिकामा एकद्वार प्रणालीबाट राहत भइरहेकोमा केही व्यक्ति तथा संघ संस्थाहरुले नियमको पालना नगरी राहत वितरण गरेको हुँदा सबैले नियम पालना गर्न आग्रह गरिएको छ ।
कुनै संघ संस्था वा व्यक्तिले सहयोग गर्न चाहे गाउँपालिकाले स्थापना गरेको फुड बैंकमा जम्मा गर्न आग्रह गरिएको छ ।
काठेखोला गाउँपालिकाले समस्यामा परेका नागरिक भएकै स्थानमा राहत पुर्याउने
