स्ववियू धौलागिरी बहुमुखी क्याम्पसले दियो विद्यार्थीलाई राहत

डम्मर बुढा मगर, बागलुङ
स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पसले गरिब तथा विपन्न विद्यार्थीहरुलाई राहत वितरण गरेको छ ।

स्ववियूले सोमबार पहिलो चरणमा विभिन्न स्थानबाट अध्ययनको लागि बागलुङ आएका १२ जना विद्यार्थीलाई खाद्यान्न वितरण गरेको स्ववियू सभापति मनबहादुर थापा (मनिष)ले जानकारी दिनुभयो ।

उनीहरुलाई पहिलो चरणमा २७ हजार बराबरको १/१ बोरा चामल, तेल, दाल, साबुन लगायतका सामग्रीहरु हस्तान्तरण गरेको सभापति थापाको भनाई छ ।

‘लकडाउनका कारण समस्यामा परेका विद्यार्थीहरुको उद्धारको लागि हामीले सानो प्रयास गरेका छौँ, पहिलो चरणमा उनीहरुलाई केही दिनको लागि पुग्ने खाद्यान्न सामग्री वितरण गरेका छौँ,’ सभापति थापाले भने ‘अति विपन्न र गरिब विद्यार्थीहरुको लागि अहिले यो प्रयास भएको छ, समस्यामा परेका अरु विद्यार्थीहरुलाई पनि थप राहत दिने योजना बनाएका छौँ ’

लकडाउनका कारण घर जान रोकिएका गुल्मी, बागलुङ, म्याग्दी र मुस्ताङ विद्यार्थीहरुलाई राहत दिएको उहाँको भनाई छ ।

सभापति थापाले कोरोना भाइरसका कारण रोकिएको पढाई अनलाईन प्रबिधिबाट सुचारु गर्नको लागि प्राबिधिक तयारी भइरहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *