आधारभुत र अत्यावश्यक सेवा नियमित संचालनमा

आदर्श अनलाइन, बागलुङ
विश्वव्यापी फैलिएको कोरोना संक्रमण (कोभिड–१९) का कारण जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट रोकिएका आधारभुत र अत्यावश्यक सेवाहरु नियमित संचालनमा आएका छन ।

स्वास्थ्य मन्त्रालयले खोप सेवालाई नियमित गर्नु भनी परिपत्र गरे सँगै जिल्लाका सवै स्थानिय तहले यसलाई निरन्तरता दिएका छन । जिल्लामा कोरोनाको संक्रमण देखिए सँगै बन्द आधारभुत सेवाहरु पुन संचालनमा ल्याईएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

अहिले खोप र सुरक्षित मातृत्व र परिवार नियोजना सेवालाई निरन्तर दिने कुरा छ । गुरौले भने, स्वास्थ्य सेवा प्रवाह गर्दा बढि भिडभाड नगरी स्वास्थ्यकर्मिहरुले आवश्यक सुरक्षा सामाग्री प्रयोग गरी सेवा प्रवाह गर्नुहुनेछ । हामीले कोरोनाको संक्रमण फैलिए सँगै जिल्लामा संचालनको तयारी गरिएको दादुरा रुबेला खोपको राष्ट्रिय अभियानलाई तत्काल रोकका थियौं । कोरोनाको जोखिम हटेपछि त्यो अभियान पुन संचालनमा ल्याउने छौं ।’

उनले यो विषम परिस्थितिमा आफ्नो ज्यान हत्केलामा राखेर पनि सेवाग्राहीको जीवन सुरक्षामा खटने स्वास्थ्यकर्मि प्रति स्वास्थ्य कार्यालय बागलुङले आभार प्रकट गरेको बताए । स्वास्थ्य कार्यालयले सेवा लिन आउने सेवाग्राहीलाई कोरोना प्रति सचेत बनी सवैले माक्स लगाउन र साबुन पानी वा गुणस्तरीय सेनिटाईजरले हात धोएर स्वास्थ्य संस्था आउनका लागि आग्रह गरेको छ ।

जिल्लामा गत बुधबार देखी ताराखोला र बडिगाड गाउँपालिकामा नियमित खोप सेवा संचालनमा ल्याईएको थियो भने, सोमबार देखी बागलुङ नगरपालिकाले धौलागिरी अञ्चल अस्पतालमा संचालन गरेको एमसीएच क्लिनिकबाट सेवा प्रदान गर्न सुरु गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाईजर राजु खत्रीले बताए ।

खत्रीका अनुसार जिल्लाको पश्चिम बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि साप्ताहिक रुपमा खोप सेवा र अन्य स्थानिय तहले पनि आफ्नो स्वास्थ्य संस्थामा संचालन गरिने समय तालिका अनुसार आधारभुत र अत्यावश्यक सेवालाई संचालनमा ल्याउने छन । आधारभुत सेवा अन्तरगत खोप, सुरक्षित मातृत्व, परिवार नियोजन लगायतका सेवाहरु प्रदान गरिने छ भने अत्यावश्यक सेवा निरन्तर गरिएको छ ।

सदरमुकाममा रहेको धौलागिरी अञ्चल अस्पतालमा सेवा संचालन गरे सँगै सेवाग्राही आउन थालेको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए । खनालका अनुसार अस्पतालको एमसिएच क्लिनिकमा स्वास्थ्य सुरक्षा सामग्रीको अभावले क्लिनिकका सेवाहरु स्थगित थिए, अहिले प्राप्त स्वास्थ्य सुरक्षासहित क्लिनिक सूचारु गरिएको छ । सेवा सुचार गरे सँगै बालबालिकाले समयमा खोप र गर्भवती महिलाले पनि समयमा जाँच गर्न पाउने छन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *