कोरोना कहर : ३१ लाख बढी संक्रमित, २ लाख १७ हजारको मृत्यु

आदर्श अनलाइन, काठमाडौ

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३१ लाख नाघेको छ। बुधबार बिहानसम्मको तथ्यांकअनुसार ३१ लाख १३ हजार ४४७ मा कोरोना संक्रमण पुष्टि भइसकेको हो।

यस्तै कोरोना संक्रमणबाट २ लाख १६ हजार ९८९ ले ज्यान गुमाइसकेका छन्। मृत्यु हुनेको संख्या अमेरिकामा सबभन्दा बढी रहेको छ। अमेरिकामा हालसम्म ५८ हजार ३४८ ले ज्यान गुमाएका छन्। यसैगरी संक्रमित संख्या समेत अमेरिकामै सबभन्दा बढी रहेको छ। बुधबार बिहानको तथ्यांकअनुसार १० लाख १२ हजार ३९९ मा संक्रमण पुष्टि भइसकेको छ।

स्पेनमा दोस्रो बढी संक्रमित संख्या रहेको छ। त्यहाँ हालसम्म २ लाख ३२ हजार १२८ मा संक्रमण भेटिएको छ। जसमध्ये २३ हजार ८२२ ले ज्यान गुमाएका छन् भने  १ लाख २३ हजार ९०३ जना निको भएका छन्।

लगातार संक्रमण र मृत्युदुर घटेको इटालीमा २ लाख १ हजार ५०५ मा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६८ हजार ९४१ जना निको भएर घर फर्किएका छन् भने २७ हजार ३५९ को मृत्यु भएको छ।

पछिल्लो समय रुसमा संक्रमण तीव्र रुपमा फैलिएको छ। अहिलेसम्म रुसमा ९३ हजार ५५८ जना संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ८६७ ले ज्यान गुमाएका छन् भने ८ हजार ४५६ जना निको भएका छन्।

गत डिसेम्बरदेखि चीनको वुहानबाट फैलिन सुरु भएको महामारीका कारण चीनमा मंगलबार कसैको पनि मृत्यु भएको छैन। हालसम्म त्यहाँ ८३ हजार ९३८ संक्रमित हुँदा ४ हजार ६३७ ले ज्यान गुमाएका छन्। त्यस्तै ७८ हजार ४०३ जना निको भइसकेका छन्।

कुन देशमा कति ? (दस देशको आँकडा)

अमेरिका
संक्रमित: १०,१२,३९९
मृत्यु: ५८,३४८
निको: १,१५,६४८

स्पेन
संक्रमित: २,३२,१२८
मृत्यु: २३,८२२
निको: १,२३,९०३

इटाली
संक्रमित: २,०१,५०५
मृत्यु: २७,३५९
निको: ६८,९४१

फ्रान्स
संक्रमित: १,६९,०५३
मृत्यु: २३,६९४

निको: ४७,७७५

बेलायत
संक्रमित: १,६२,३५०
मृत्यु: २१,७७५
निको: ८१३

जर्मनी 
संक्रमित: १,५९,९१२
मृत्यु: ६,२८०
निको: १,१७,४००

टर्की
संक्रमित: १,१४,६५३
मृत्यु: २,९९२
निको: ३८,८०९

रुस
संक्रमित: ९३,५५८
मृत्यु: ८६७
निको: ८,४५६

इरान
संक्रमित: ९२,५८४
मृत्यु: ५,८७७
निको: ७२,४३९

चीन
संक्रमित: ८३,९३८
मृत्यु: ४,६३७
निको: ७८,४०३

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *