प्रहरीलाई आधुनिक प्रविधिको धारो सहयोग

आदर्श अनलाईन, बागलुङ

कोरोना भाइरस रोकथामका लागि बागलुङमा पहिलो पटक खुट्टाले चलाएर हात धुन मिल्ने सामग्री (फुड अप्रेड ह्यान्ड वास औजार) निर्माण गरिएको छ ।

प्रोग्रेसिभ ईन्जिनियर एशोसियसन नेपाल बागलुङ जिल्ला समितिको नेतृत्व र धौलागिरी क्षेत्रका ईन्जिनियरहरुको विशेष सहयोगमा निर्माण गरिएको हात धुने सामग्री वुधबार जिल्ला प्रहरी कार्यालय बागलुङलाई हस्तान्तरण गरिएको छ ।

हातले खोलेर बन्द गर्ने गरी प्रयोग गर्ने धारोबाट संक्रमण हुन सक्ने भन्दै खुट्टाले थिचेर पानी र साबुन खस्ने धारो निर्माण गरिएको प्रोग्रेसिभ ईन्जिनियर एशोसियसन नेपाल बागलुङ जिल्ला समितिका अध्यक्ष ईन्जिनियर विमल आचार्यले जानकारी दिनुभयो ।

ईन्जिनियर एशोसियसनले दुईवटा धारा निर्माण गरेको जनाएको छ । एक धार प्रहरीलाई हस्तातरण गरिसक्यो भने अर्को धारो धौलागिरी अञ्चल अस्पताललाई हस्तान्तरण गरिनेछ ।

हस्तान्तरण कार्यक्रममा ईन्जिनियर थरेन्द्र पौडेलले हात धुने औजारको जानकारी दिनुभएको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज भट्टले मन्तव्य राख्नुभएको थियो ।

उहाँले बढी मानिसको आवत जावत हुँने प्रहरी कार्यालयमा उपयोगी हुँने बताउनुभयो । हस्तान्तरण कार्यक्रम बागलुङ नगरपालिकाका ईन्जिनियर गौरव शर्माले गर्नुभएको थियो । उक्त धारोमा दाया खुट्टाले थिच्दा झोल साबुन खस्नेछ भने र बाँया खुट्टाले थिच्दा पानी खस्ने छ ।

खुट्टाले थिच्दा साबुन पानी आउने औजार कोरोना भाइरस सकिएपछि पनी बहु–उपयोगी हुने ईन्जिनियर गौरव शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *