काठेखोला गाउँपालिकामा असिनाले ५३ लाखको क्षति

आदर्श अनलाईन, बागलुङ

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकमा असिनाका कारण रु.५३ लाख १८ हजार ३२० बराबरको क्षति भएको छ । गत वैशाख ८ गते परेको असिनाले गाउँपालिकाको वडा नम्बर २ भिमापोखरा र वडा नम्बर ३ को धम्जामा ठूलो क्षति पु¥याएको थियो । असिनाले किसानको अन्नवाली, तरकारी र फलफूलमा क्षति पु¥याएपछि गाउँपालिकाले स्थलगत रुपमै गएर क्षतिको विवरण संकलन गरेको काठेखोला गाउँपालिकाले जनाएको छ ।

असिनाका कारण धम्जामा रु.२५ लाख ९३ हजार ४२० र भिमपोखरामा रु.२७ लाख २४ हजार ९०० बराबरको अन्न, फलफूल तथा तरकारी नष्ट भएको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले जानकारी दिनुभयो ।

“हामीले स्थलगत रुपमानै वडा कार्यालयको संयोजनमा क्षतिको विवरण संकलन गरेका हौं” विश्वकर्माले भन्नुभयो “गाउँपालिकाको फापर खेतको क्षतिको विवरण अउन बाँकी छ, क्षतिअनुसार गाउँपालिकाले किसानलाई राहत प्याकेज ल्याउनेछ ।”

गाउँपालिकाको धम्जा र भिमपोखरामा गहुँ, जौं, केराउ, मुसुरो दाल, आलु, प्याज, लसुन, तोरी, काउली, बन्दा, सुन्तलाको फूल, कागती, सिमि र मकैका विरुवामा क्षति पु¥याएको थियो । गाउँपालिकाले तत्कालै असिनाले पु¥याएको क्षतिका कारण समस्यामा पुगेकालाई कोरोना रोकथाम तथा राहत कोष बाट खाध्यान्न प्रदान गर्ने र पछि कृषि उपजका लागि आवश्यक मल, विउ जस्ता राहतका कार्यक्रमहरु ल्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ । ठूलो मात्रमा अन्नबाली तथा तरकारीमा भएको क्षतिको विवरण अनुसार नगद अनुदान समेत दिइने गाउँपालिका प्रमुख प्रशासकीय विश्वकर्माको भनाई रहेको छ ।

सोही दिन परेको असिनाको कारण जिल्लाको गलकोट नगरपालिकाका वडा नम्बर ९, १० र ११ वडामा समेत ठूलो क्षति पु¥याएको छ । गलकोट नगरपालिकाले स्थलगत रुपमै पुगेर क्षतिको विवरण संकलन गरिरहेको नगर उपप्रमुख रेणुका काउचाले जानकारी दिनुभयो । क्षतिभएको विवरणका आधारमा गलकोट नगरपालिकाले समेत किसानलाई राहत प्याकेज ल्याउने योजनामा रहको काउचाको भनाई रहेको छ । असिनाका कारण आफूले लगाएको तरकारी खेती पुरै नष्ट भएका कारण समस्यामा परेको गलकोट नगरपालिका–९ बरेखानीका युवा किसान मित्रलाल गौतमले बताउनुभयो । उहाँले तीन तहको सरकारले समस्यामा परेका कृषकहरुलाई राहत ल्याउन माग समेत गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *