काेराेना भाइरस : विश्वभर १० लाखभन्दा धेरै निकाे भए

आदर्श अनलाइन, काठमाडौ

विश्वका विभिन्न देशमा १० लाखभन्दा धेरै कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित निको भएका छन् ।

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३२ लाख १८ हजार जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा १० लाख ३३ जना निको भएकाे वल्डाेमिटरले जनाएको छ ।

त्यस्तै सङ्क्रमितमध्ये १९ लाख ९० हजारभन्दा धेरैको उपचार भइरहेकाे  चलिरहेको छ । उपचार गराइरहेकामध्ये ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डाेमिटले जनाएको छ । अहिलेसम्म भाइरसकाे सङ्क्रमणबाट दुई लाख २८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

गएको २४ घण्टामा विभिन्न देशमा साढे ६ हजारभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ ।

अमेरिकामा गएको २४ घण्टामा मात्रै २३ सयभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या साढे ६१ हजार पुगिसकेकाे छ । यस्तै १० लाख ६३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै इटलीमा साढे २७ हजारभन्दा धेरै, बेलायतमा २६ हजारभन्दा धेरै, स्पेन र फ्रान्समा २४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै भारतमा ३३ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा एक हजारभन्दा धेरैकाे ज्यान गएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *