डम्मर बुढा मगर, बागलुङ
निसीखोला गाउँपालिका वडा नम्बर ४ मा रहेको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको नहर भत्किँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छ ।
गत बैशाख ७ गते नहर भत्किँदा यहाँका १ हजार १५० घर धूरीका जनता अन्धकारमा बस्न बाध्य भएका हुन् ।
विद्युत अवरुद्ध भएपछि यस क्षेत्रमा संचालनमा आएका फर्निचर उद्योग, कुखुरा पालक कृषक मर्कामा परेका छन् भने स्थानीयहरु संचार माध्यमको प्रयोग बिहीन बनेका छन् ।
आयोजनाको नहर २५ मिटर भत्किएको म्यानेजर रामप्रसाद चालिसेले बताउनुभयो । उहाँले नहर भत्किए लगत्तै निर्माणलाई तीव्रता दिएको बताउनुभयो ।
‘कुलो भत्किएपछि यहाँका जनता अन्धकारमा बस्न बाध्य भएका छन्, हामीले यसको निर्माणलाई तीव्रता दिएका छौँ,’ उहाँले भन्नुभयो ‘अप्ठ्यारो ठाउँमा कुलो भत्किदा केही समय लाग्ने देखिन्छ ।
उहाँका अनुसार विद्युत संचालनमा अझै करिब एक महिला लाग्ने छ ।
विद्युत नहर भत्किदा निसीखोलाका ११ सय घरधूरी अन्धकारमा

येले लाई अस्थायी बनायनी हुनि कोरोना को तेन्सेन घर्का परिबार अनि हामी बिदेस हुनि लाई फोन लाग्दैन