बजार अनुगमनमा बडिगाडको सक्रियता, अखाद्य वस्तु नष्ट

कमल पौडेल, बडिगाड
बडिगाड गाउँपालिका वडा नम्बर ५ ग्वालीचौर, वडा नम्बर ६ खाल र वडा नम्बर ७ भिमगिठे, दोबाटा क्षेत्रमा रहेका खाद्य पसलहरुको अनुगमन गरि म्याद गुज्रीएका सामग्री बरामद गरि नष्ट गरिएको छ ।

गाउँपालिका भित्रका पसलहरुमा म्याद सकिएका खाद्यवस्तु समेत विक्रि वितरण भएको भन्ने सुचना पाएसंगै गाउँपालिकाले प्रहरीको सहयोगमा पसलहरुमा छापा मारेको हो । शनिबार ३ समुहमा एकै साथ गरेको अनुगमनमा ६० हजार बढिको म्याद गुज्रेका खाद्य सामग्री जलाएको गाउँपालिकाका सुचना अधिकारी थम्मन रेश्मीले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल, गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा, उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी, सुचना अधिकारी थम्मन रेश्मी, लेखा अधिकृत डिल्लीराज शर्मा, स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादव, इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख प्रहरी नायव निरिक्षक रिन बहादुर बैदवार सहित भिमगिठे र खारको प्रहरी लगायतको सहितको टोलीले पसल अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा तेल, चाउचाउ, आटा, दालमोठ, भुजा, विस्कुट, जिरा, पेय पदार्थ लगाएतका खाद्य सामग्री म्याद सकिएको भेटिएको थियो । अनुगमन गरिएका सबै पसलमा कुनै न कुनै अखाद्य बस्तु भेटिएको गाउँपालिका उपाध्यक्ष अम्मर बहादुर श्रीसले जानकारी दिनुभयो ।

गाउँपालिकाले सबै व्यवसायीलाई म्याद सकिएका अखाद्य वस्तु तुरुन्त हटाउन निर्देशन दिँदै अनुगमन निरन्तर गर्ने र आगामी दिनमा भेटिए कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
अनुगमनमा अखाद्यय वस्तु भेटिएको र गाउँपालिका भित्रका सबै बजार पसलहरुमा प्रभावकारी अनुगमन गर्ने प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *