लकडाउनकै बीच सबै योजना सक्ने तयारीमा बरेङ गाउँपालिका

डम्मर बुढा मगर, बागलुङ
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल सरकारले गत चैत ११ गतेदेखि देश लकडाउन गरेको छ । देश लकडाउन भएपछि राष्ट्रिय गौरवका आयोजना बाहेक विकास निर्माणका कामदेखि अन्य योजना ठप्प प्रायः छन् ।

आर्थिक वर्ष सकिन लाग्दासम्म कोरोना संकटको सकस अनिश्चितता तर्फ उन्मुख हुँदा विकासका कामका लागि विनियोजित अधिकांश योजनाका बजेटहरु फ्रिज हुने देखिन्छ । आर्थिक वर्षको अन्त्य तिर कामलाई तिव्रता दिने पुरानो अभ्यास हो । अहिले जिल्लाका १० वटा स्थानीय तह मध्ये अधिकांशले यस वर्ष आधा काम सक्न पनि धौ–धौ हुने देखिएको छ ।

तर,जिल्लाको बरेङ गाउँपालिकाले देशमा जारी कोरोना संकट र लकडाउनकै बीच बिभिन्न योजनाका काम धमाधम अघि बढाइएको छ ।

गाउँपालिकाका अनुसार, हालसम्म ८५ प्रतिशत काम सकिसकिएको छ । कामको तिव्रतालाई निरन्तरता दिने हो भने पालिकाले आर्थिक वर्षको अन्तिम सम्ममा सबै योजना सम्पन्न गर्ने तयारीका साथ लागिरहेको गाउँपालिकालका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । चैत मसान्तसम्ममा सबै योजना सक्ने लक्ष्य राखे पनि लकडाउनको कारण सम्पन्न गर्न नसकेको उहाँको भनाई छ ।

उहाँले अहिले श्रमिकहरुका बीचमा सामाजिक दूरी कामय गरेर सडक विस्तार लगायत विकासका पूर्वाधारका कामहरु भइरहेको जानकारी दिनुभयो । ‘हामीले पालिकाको सबै आयोजना चैत मसान्त भित्रै सम्पन्न गर्ने गरि योजना बनाएका थियौँ, लकडाउनको कारण पुरा गर्न सकिएन,’ उहाँले भन्नुभयो ‘अहिले सामाजिक दूरी कामय गरेरै काम संचालन गरेका छौँ, असर मसान्तसम्म सक्ने छौँ ।’ थापाले प्रदेश र केन्द्र सरकारबाट आउने बजेट आए असार मसान्त सम्म सबै योजना सम्पन्न गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *