बागलुङ बजारमा आउने खानेपानीको पाईप पहिरोले बगायो

आदर्श अनलाइन, बागलुङ
वर्षाको कारण भुदीबाट बागलुङ बजारमा ल्याईएको पिउने पानीको पाईप पहिरोले बगाएको छ । आइतबार राती काठेखोलाको जिरेती स्थित भुदी खोलामा निमार्णाधिन पक्कि पुलमाथिबाट आएको पहिराले पानीको मुख्य पाईप बगाएको हो ।

पाइप बगाएपछि बागलुङ बजारमा पानीको समस्या भएको छ । पहिरोले पानीको पाईप बगाउदा बजार क्षेत्रभित्र प्रयाप्त पिउने पानी उपलब्ध गराउन समस्या भएको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो ।

पहिरोले पाईप बगाएपछि संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, सचिव रामबहादुर केसी, सदस्य सुधिर श्रेष्ठ र प्रबन्धक हिमाल शर्मा सहितको टोली स्थलगत अवलोकनको लागि सो स्थानमा पुग्नुभएको थियो । अवलोकनपछि पाईप मर्मतको लागि प्राविधिक सहितको टोली परिचालन गरि काम अगाडि बढाईए भएपनि मर्मत कार्य पुरा हुन एक, दुई दिन लाग्ने शर्माले बताउनुभयो । निमार्ण कार्य जारी छ, प्रबन्धक शर्माले भन्नुभयो,भुदीबाट ल्याएको पानी बजारमा आउन अब एक दुई दिन लाग्ने छ ।
बागलुङ बजार क्षेत्र भित्र रिठेखोला मुहान,रेश खोला मुहान र भुदी खोला मुहानबाट पिउनको लागि पानी ल्याईएको छ । अन्य स्थानको पानी बजारमा आएपनि भुदीको पानी भने पहिरोले पाईप बगादा आइतबारदेखि प्रयाप्त पानी आउन सकेको छैन । पहिरोले बगाएपछि त्यसलाई व्यवस्थित रुपमा मर्मत गरि ल्याउने काम थालिएको संस्थाका सचिव रामबहादुर केसीले बताउनुभयो । मर्मतको काम भइरहेको र बुधबार सम्ममा बजारमा पानी प्रयाप्त हुने उहाले बताउनुभयो । भुदी खोलाको पानीको पाईप पहिरोले बगाउदा बजारका उपल्लाचौर,श्रीनगरटोलमा पानी आउन एक दुई दिन लाग्ने संस्थाले जनाएको छ ।

अहिले रिठेखोलाबाट ३.५ लिटर प्रति सेकेन्ड,रेशबाट १७ लिटर प्रति सेकेन्ड र भुदीबाट २० लिटर प्रति सेकेन्ड पानी दैनिक आउने गरेको छ । ३ वटा मुहानबाट ल्याईएको पानी बजार क्षेत्रभित्र प्रयाप्त नभएकोले काठेखोला मुहानबाट लिफट सिस्टमबाट पानी ल्याउने काम समेत संस्थाले अगाडि बढाएको छ । बागलुङ नगरपालिका भित्रका उपभोक्तालाई सफा र स्वच्छ खानेपानी खुवाउने उदेश्यले बागलुङ नगरपालिका वडा नम्बर ३ काँठेखोलाको पानी लिफ्ट प्रणालीबाट बागलुङ बजारमा ल्याउन लागिएको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरि प्रसाद श्रेष्ठले बताउनुभयो । नयाँ योजना बाट प्रतिसेकेन्ड ७० लिटर पानी आउने गरि तयारी भईरहेको श्रेष्ठले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *