लकडाउनकै बीच गलकोट नरेठाँटीमा विकास निर्माणकाे काम तीव्र

डम्मर बुढा मगर, बागलुङ

गलकोट नगपालिका वडा नम्बर २ ले लकडाउनकै बीच विकास निर्माणको कामलाई अगाडी बढाएको छ ।

वडा नम्बर २ को नरेठाँटी बजारमा अहिले सडक ढलान गर्ने काम भइरहेको वडा अध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

बजार भित्रको सडक ढलानको लागि गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा विनियोजन गरेको ३० लाख र स्थानीयबाट संकलन भएको ७ लाख ५० हजार रुपैयाँ गरि ३७ लाख ५० हजारमा काम भइरहेको उहाँको भनाई छ ।

सडक ढलानको काम स्थानीय उपभोक्ता मार्फत सामाजिक दूरी कायम गरी भइरहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

‘यो काम एक महिना अगाडी नै सकिने थियो, त्यही गतिमा काम भएको थियो, लकडाउनले गर्दा एक महिना पछाडी सर्यो,’ उहाँले भन्नुभयो ‘अहिले कामदारहरुको सामाजिक दूरी कायम गरेर काम सुरु गरेका छौँ, संभवत केही समयमा सकिन्छ ।’

अध्यक्ष भण्डारीले वडाका अन्य काम पनि सुरु गर्न थालिएको बताउनुभयो । उहाले लकडाउनले गर्दा केही सम्पन्न भइसक्ने योजनाहरु रोकिएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *