बागलुङका शंकास्पद ४ जनाको रिपोर्ट नेगेटिभ

डम्मर बुढा मगर, बागलुङ
बागलुङबाट स्वाब परिक्षण गर्नको लागि पोखरा पठाइएको ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

भैरवाहबाट आएका ३ जना र बागलुङका १ स्वास्थ्यकर्मी गरी ४ जनाको स्वाब परिक्षणको लागि पोखरा पठाइएको थियो ।

४ जनाकै रिपोर्ट नेगेटि आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपररिटेण्डेन्ट शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो ।

लकडाउन उल्लङ्घन गरि भैरवाहबाट उनीहरुलाई केही दिन क्वारेन्टाइनमा राख्ने भनिए पनि कोरोना संक्रमणको उच्च जोखिम क्षेत्रबाट आएको हुँदा उनीहरुको स्वाब परिक्षण गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *