लक डाउनमै सुरु भए गलकोट ७ मा विकासका काम

थम्मन थापा, गलकोट

कोरोना भाईरसको संक्रमण विश्वभर तीव्र रुपमा फैलिरहेका बेला गत चैत ११ गतेदेखि देश लक डाउनमा छ । लक डाउनका कारण विकास निर्माणका पुर्वाधारहरु ठप्प भए । कोरोना संक्रमण फैलिन नदिन सरकारले लागु गरेको लक डाउनका कारण स्थगित भएका विकास निर्माणका योजनाहरुले विस्तारै निरन्तरता पाउन थालेका छन् ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेटबाट गलकोट नगरपालिका वडा नम्बर ७ मा विनियोजन गरेका २ वटा योजनाहरु लक डाउनको नियम केहि परिमार्जन भएर विकास निर्माणका कामहरुलाई निरन्तरता दिने निर्णयसँगै सञ्चालनमा आएका छन् ।

जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्मको ४ कोठे पक्की भवनको निर्माण कार्य लक डाउन हुनु अगावै शुभारम्भ भएको थियो । यद्यपी लक डाउनसँगै झण्डै १ महिना निर्माण कार्य रोकिएको थियो । गलकोट नगरपालिका र वडा सरकारको समन्वयमा निर्माण कार्यले पुनस् निरन्तरता पाएको गलकोट नगरपालिका वडा नम्बर ७ का वडा अधक्ष सुवेदार टिका बहादुर थापाले बताए ।

विद्यालयको काम ठप्प हुँदा त्यहाँ काम गर्ने मजदुरलाई समेत समस्या परेपछि वडाले राहत समेत वितरण गरेको थियो । अहिले संघिय सरकारले विकास निर्माणका कामहरुलाई उच्च सतर्कता अपनाउँदै सामाजिक दुरी कायम गरि गर्न निर्देशन गरे सँगै निर्माण कार्य सञ्चालनमा आएको वडा अध्यक्ष थापाले उल्लेख गरे । चार कोठे भवनको भुइँतला ढलानपछि झ्याल ढोकाको चौकोस राख्न सुरु गरिएको छ ।

गत फागुनको अन्तिम साता भवनको पुनःनिर्माण शुभारम्भ गरिएको जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ७० लाख बजेटमा उक्त भवन पुनःनिर्माण हुन लागेको अध्यक्ष थापाले बताए । निर्माण कार्यमा सुर्खेतका ८ सहित स्थानीय मजदुरले काम गर्दै आईरहेका छन ।

लक डाउन सुरु भए पश्चात सुर्खेतकै केही मदजुर घर फर्केपछि केहि मजदुर त्यहाँ काम गर्दै आईरहेका छन । निर्माण सामग्रीको सहजीकरणमा गलकोट नगरपालिका र वडा सरकारले सहजीकरण गरिरहेको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पुनःनिर्माण भइरहेको छ । सामाजिक दूरी कायम गर्ने, मजदुरलाई बाहिर आउजाउ गर्न नदिने सल्लाह अनुरुप अहिले काम भईरहेको छ ।

त्यस्तै गण्डकी प्रदेश भौतिक मन्त्रालय बाट आर्थिक वर्ष २०७६ र ०७७ मा विनियोजित रकम रु १ करोडको लागतमा मल्म पाण्डवखानी ढोरपाटन सडक स्तरोन्नति सँगै ग्राभेलको काम समेत पुनस् सञ्चालनमा आएको छ । लक डाउन अगावै योजनाको काम निरन्तर चलिरहे पनि लक डाउन पछि झण्डै १ महिना काम रोकिएको थियो ।

अहिले सडकमा कटिङ गर्ने, पक्की नाली निर्माण, हिम पाईपहरु जडान, तारजाली, मेसिनरी वाल लगाउने लगायतका कामहरु भईरहेको ठेकेदार कम्पनी आरोग्य निर्माण सेवा गलकोटका सञ्चालक हुम थापाले जानकारी दिए । आगाँखेत देखि मल्म सानोखोला सम्म निर्माण कार्यले तिव्रता पाएको सञ्चालक थापाले बताए । सडकमा आवश्यक सामाग्री ढुवानीको लागि गलकोट नगरपालिका र वडा सरकारले सहजीकरण गरिरहेको छ ।

निर्माणको काम अब १ डेढ महिना भित्र सम्पन्न हुने गरि काम भईरहेको छ । उक्त सडकको गत वर्ष मध्य पहाडी लोकमार्गको मल्म आगाँखेत जिरो किमी देखि ओदाह सम्म झण्डै ८ सय मिटर पक्की नाली सहित ग्राभेल कार्य सम्पन्न गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *