गाईघाट झरना जोड्ने पुलको लठा चुँडिएपछि….

आदर्श अनलाईन, बागलुङ
गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको संगम स्थलमा रहेको गाईघाट झरना जोड्ने साङ्ले पुलको लठ्ठा छिनेको छ ।

लठा छिनेपछि खोला वारपार गर्न र झरनामा आवातजावात गर्ने समस्या भएको छ । झरनामा पर्यटकलाई आवत जावत गर्न सहजताको लागि २०७४ सालमा पुलको सतहमा रहेका काठ परिवर्तन गरि फलाम राखिएको थियो ।

ताराखोला गाउँपालिका वडा नम्बर ३ को गाईघाटमा रहेको उक्त २० मिटर लामो रहेको पुलको सडकतर्फको लठा चुँडिएपछि झर्नासम्म आवात–जावात गर्नमा कठिनाई भएको हो ।

गलकोट–ताराखोला जोड्ने मोटर बाटोको स्तरोन्नतिका क्रममा लठा चुँडिएको ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा पुल मर्मत र निर्माणको लागि बजेट नभएको घर्तीले बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा भने प्रदेश सरकारसँग समन्वय गरि पुल निर्माण गरिने बताउनुभयो ।

पुल करिब ८० वर्ष पहिले स्थानीयले निर्माण गरेका थिए । बुटवलदेखि फलाम लिएर निर्माण गरिएको बताइएको छ ।

फोटो : नवराज नेपाली

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *