बागलुङ नगरपालिका–९ को वडा कार्यालय निर्माण थालनी

डम्मर बुढा मगर, बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङमा वडा कार्यालय निर्माण गर्न थालिएको छ ।

वडा कार्यालयको लागि स्थानीयहरुले निशुल्क जग्गा उपलब्ध गराएपछि निर्माण गर्न थालिएको वडा अध्यक्ष गणेश थापाले जानकारी दिनुभयो ।

वडा कार्यालय ३ रोपनी सार्वजनिक र २ रोपनी दाताहरुबाट प्राप्त भएपछि ५ रोपनी क्षेत्रमा निर्माण हुने भएको छ । अहिले कार्यलयको भवन निर्माणको लागि जग्गा सम्याउने काम सुरु भएको अध्यक्ष थापाको भनाई छ ।

पूर्व तित्याङ गाविस अध्यक्ष प्रेम खत्री , अर्जुन खत्री परिवारले करिब २ रोपनि र धन बहादुर शाहीले ३ आना वडा कार्यालय निर्माणको लागि निशुल्क जग्गा प्रदान गरेको थापाले बताउनुभयो ।

नगरपालिकाले भवन निर्माणको लागि चालु आर्थिक वर्षमा १९ लाख रुपैयाँ विनियोजन गरेको थियो । यस वर्ष भवनको जग निर्माण गर्ने र आगमी वर्षमा भवन निर्माण सम्पन्न अध्यक्ष थापाको भनाई छ ।

हाल घर भाडामा लिएर कार्यालय संचालन गरिएको छ । कार्यालयको लागि मासिक ७ हजार घर भाडा तिर्दै आएको उहाँको भनाई छ । जग्गा निशुल्क प्रदान गर्ने जग्गादातााई वडा कार्यालयले धन्यवाद ज्ञापन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *