डम्मर बुढा मगर, बागलुङ
पर्सामा मंगलबार कोरोना संक्रमण पुष्टि भएका १४ मजदुर गलकोटबाट गएको पाइएको छ ।
उनीहरुलाई गलकाेट नगरपालिकले गत बैशाख ११ गते दुई वटा गाडीको व्यवस्थापन गरेर पर्सा पठाएको गलकोट नगरपालिकाका प्रवक्ता हेमबहादुर भण्डारीले जानकारी दिनुभयो ।
उनीहरु विभिन्न फर्निचर उद्योग, घर बनाउने काम गर्दै आएका थिए । उनीहरु हटिया बजार क्षेत्रमा काम गर्दै आएको भण्डारीले बताउनुभयो ।