बागलुङका चालकसहित १४ जनाको रिपोर्ट नेगेटिभ

डम्मर बुढा मगर, बागलुङ
बागलुङको गलकोटबाट पर्सामा मजदुर छोड्न गएका बागलुङका चालक सहित १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

बिहिबार पोखरामा गरिएको परीक्षणमा गत बैशाख ११ गते मजदुर छोड्न गएका बसका चालक सहचालक सहित १४ जनाको रिपार्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

काठेखोला गाउँपालिकाको अमर मावि क्वारेन्टाइनमा बसेका ५ जना र बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका चालक सहित ८ जनाको स्वाब परीक्षण गरिएको हो ।

गलकोटबाट गएका १४ मजदुरमा १७ दिनपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस बाहेक कोरोना आशंकामा धौलागिरी अञ्चल अस्पतालमा आइशोलेसन वार्डमा भर्ना गरिएकी गलकोट नगरपालिका ६ की बृद्धाको रिपोर्ट आउन बाँकी रहेको उहाँको भनाई छ । उनको रिपोर्ट भोली आउने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *