उच्च रक्तश्रावपछि सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

डम्मर बुढा मगर, बागलुङ

बागलुङकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ११ रायडाँडाकी २८ वर्षीया पवित्रा थापा मगरको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

थापा मगरले आज विहान शल्यक्रिया मार्फत धौलागिरी अस्पतालमा छाेरालाई जन्म दिएकी थिइन् । बच्चा जन्माए लगत्तै उच्च रक्तश्रfव भएपछि उनलाई काठमाडौँ रेफर गरिएको धौलागिरी अस्पतालले जनाएको छ ।

धौलागिरी अस्पतालको पहलमा सिम्रिक एयरको हेलिकप्टर मार्फत उनलाई काठमाण्डौ स्थित टिचिङ हस्पिटलमा रेफर गरिएको अस्पतालका लेखापाल यामबहादुर थापा मगरले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *